काठमाडौँ । गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना भएको छ ।
बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।
पोखराबाट वालिङ जाँदै गरेको शर्मासहित चार जना सवार ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा कारमा सामान्य क्षति भएको छ । गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ भने अन्य व्यक्तिहरू सामान्य रहेका छन् ।
गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा गएका थिए ।










