२३ श्रावण २०८३, शनिबार
,
Latest
कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत वैशाख यता विपद्‌बाट २०५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना



अ+ अ-

काठमाडौँ । गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना भएको छ ।

बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।

पोखराबाट वालिङ जाँदै गरेको शर्मासहित चार जना सवार ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा कारमा सामान्य क्षति भएको छ । गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ भने अन्य व्यक्तिहरू सामान्य रहेका छन् ।

गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा गएका थिए ।