१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्न जेटियुसिसीको माग



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनको प्रभाव न्युनिकरणको लागि वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्न माग गर्दै सुंयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वन तथा वातावरणमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधवार मन्त्रालयमा पुगेर जेटियुसिसीका प्रतिनिधिहरुले वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्न माग गर्दै मन्त्री ऐनबहादुर शाही ठकुरीलाई ज्ञापन पत्र बुझाएको हो ।

जेटियुसिसीले हरित रोजगारी सिर्जना र प्रवद्र्धनमा विशेष जोड दिन पनि माग गरेको छ । प्रतिवेदन बुझाउँदै जेटियुसिसीका महासचिव इन्द्रदेव मिश्रले जलवायु परिवर्तनको विषयलाई ध्यानमा राखेर श्रमशक्तिको विकासलाई प्रोत्साहन गर्न माग गर्नुभयो । जलवायु परिवर्तन सम्बन्धी हुने गतिविधिहरु प्रभावकारी बनाउन जलवायु परिवर्तनको विषयसँग सरोकारवाला फोरमहरुमा जेटियुसिसीको प्रतिनिधित्व गराउन माग गर्नुभयो ।

जेटियुसिसीले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार पार्दा जेटियुसिसीको प्रतिनिधित्व हुनुपर्ने, टे«ड युनियनका रायहरु प्राथमिकताका साथ राखिनुपर्ने, जलवायु परिवर्तनको न्युनिकरणका लागि जेटियुसिसीसहित सरोकारवालाहरुको त्रिपक्षिय संयन्त्र निर्माण गरी सार्वजनिक संवादलाई प्रोत्साहन गर्नुपर्ने माग गरेको छ । हरेक वर्ष हुने जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम कोप मा नेपाली श्रमीकको तर्फबाट जेटियुसिसीको प्रतिनिधित्वको व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।

जेटियुसिसीले जलवायु प्रदुषणको कारणले हुने रोगहरु एवं दुर्घटनाको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ ।




भर्खरै