१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वृद्धिमा योगदान दिइरहेको मोबिलिटी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः नाइमा अध्यक्ष वैद्य



अ+ अ-

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएको बताउँदै यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

बुधवारबाट शुरु भएको नाममा मोबिलिटि एक्स्पोको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्यले देखाउने भन्दै जुन आफैँमा महत्वपूर्ण रहेको बताउनु भयो । यसले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता क्षेत्रसरह हजारौं नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा जोडेको वैद्यको भनाई छ । उहाँकाअनुसार विशेषगरी, हरित प्रविधिमा आधारित सवारी साधनको आगमनसँगै चार्जिङ पूर्वाधार निर्माण, प्रविधिक प्रशिक्षण, र नवप्रवर्तनमा आधारित कामका अवसरहरू सिर्जना भएको छ ।

अध्यक्ष वैद्यले भन्नुभयो–‘हामीले विद्युतीय सवारी साधनको आयातसँगै देखिएको नयाँ अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौं । युवाहरूलाई रोजगारी योग्य बनाउन आवश्यक सीप दिने उद्देश्यले श्रमशक्ति विकास अभियानमा नाइमा सक्रिय रूपमा लागेको छ । यसमार्फत हामी समावेशी र भविष्यमैत्री रोजगारी सिर्जना गर्न चाहन्छौं । तर यी सबै पहलहरूलाई दीर्घकालीन रुपमा सफल बनाउने हो भने स्थिर र स्पष्ट नीतिगत मार्गदर्शन अत्यावश्यक हुन्छ । मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सरकारले स्थीर नीति लिन जरुरी छ, जसले उद्योगलाई दीर्घकालीन लगानी र नवप्रवर्तनका लागि प्रेरित गर्छ ।’

उहाँले नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा कार्य गर्दै आएको बताउनु भयो ।  गुणस्तरीय सेवा, जनशक्ति विकास र शहरदेखि गाउँसम्म सवारीसाधन तथा सेवा पहुँच पु¥याउने दिशामा नाइमाले आगामी दिनमा काम गर्ने अध्यक्ष वैद्यको भनाइ रहेको छ । बुधवारबाट शुरु भएको नाइमा मोबिलिटी एक्सपोमा २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुनेछ । एक्स्पोमा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको नाइमाले जनाएको छ ।

एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको एक्स्पोमा १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यवसायिक नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको व्यवस्था मिलाइएको नाइमाले जनाएको छ ।




भर्खरै