मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् ।
मंगलबार हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री बनेका बानियाँ बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् ।
मुख्यमन्त्री बानियाँले पहिलो चरणमा आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
नियुक्त मन्त्रीहरूले पनि आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ ।










