काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानविन समितिमाथि ठूला दलका शिर्ष नेताहरुले हस्तक्षेप गर्नु गलत रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको आकास्मिक समयमा बोल्दै ठूला दलका ठूला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानविन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको उहाँले बताउनुभएको हो ।
सांसद कुँवरले मिडियामा आएजस्तो यदी छानविन समितिमाथि हस्तक्षेप भएको भए त्यो खेदजनक रहेको बताउनु भयो । संसदीय छानविन समितिको समय सीमा सकिसकेको भएपनि प्रतिवेदन नआएको भन्दै आपत्ति जनाउनु भयो ।
सांसद कुँवरले भन्नुभयो–‘असार २३ मा बनेको संसदीय छानविन समितिको सीमा सकिसकेको छ, अजै प्रतिवेदन आएको छैन । सुनिँदैछ, छानविन समितिमा पनि ठूला दलका ठूला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शिर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ । यदी यो हो भने खेदजनक छ ।’
उहाँले छिटो भन्दा छिटो प्रतिवेदन बाहिर ल्याउन समेत आग्रह गर्नुभयो ।










