४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम संस्कार गरेको ६ दिनपछि कोरोना सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेशनल मेडिकल कलेज तथा अस्पतालमा निधन भएका एकजनाको अन्तिम संस्कार गरेको ६ दिनपछि कोरोना पोजेटीभ भएको रिपोर्ट आएपनि स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा जानकारी गराएको भने छैन । 

मन्त्रालयले औपचारीक रुपमा जानकारी नगराएपनि प्रशासन भने मृतकको परिवारदेखि अस्पताल सबैको कन्ट्याक्ट ट्रेसिङको गृहकार्यमा लागेको छ। मृतकको वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

जनस्वास्थ्य कार्यालयको रिटायर्ड कर्मचारी समेत रहेका चौधरी थरका ७० बर्षिय वृद्ध जेठ २ गते अस्पताल भर्ना गरिएका थिए।

उनको जेठ ४ गते नेशनल अस्पतालमा उपचारका क्रममा निधन भयो। जेठ २ गते दिउँसो १ वजे अस्पताल भर्ना भएका चौधरी थरका ति बृद्धको जेठ ४ गते निधन भएसँगै परिवारले आफ्नो परम्परा अनुसार अन्त्येष्टी गरेको छ।