९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम संस्कार गरेको ६ दिनपछि कोरोना सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेशनल मेडिकल कलेज तथा अस्पतालमा निधन भएका एकजनाको अन्तिम संस्कार गरेको ६ दिनपछि कोरोना पोजेटीभ भएको रिपोर्ट आएपनि स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा जानकारी गराएको भने छैन । 

मन्त्रालयले औपचारीक रुपमा जानकारी नगराएपनि प्रशासन भने मृतकको परिवारदेखि अस्पताल सबैको कन्ट्याक्ट ट्रेसिङको गृहकार्यमा लागेको छ। मृतकको वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

जनस्वास्थ्य कार्यालयको रिटायर्ड कर्मचारी समेत रहेका चौधरी थरका ७० बर्षिय वृद्ध जेठ २ गते अस्पताल भर्ना गरिएका थिए।

उनको जेठ ४ गते नेशनल अस्पतालमा उपचारका क्रममा निधन भयो। जेठ २ गते दिउँसो १ वजे अस्पताल भर्ना भएका चौधरी थरका ति बृद्धको जेठ ४ गते निधन भएसँगै परिवारले आफ्नो परम्परा अनुसार अन्त्येष्टी गरेको छ।