७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे
अ+ अ-

काठमाडाैंः नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बृद्धको परीक्षण रिपोर्ट पोजेटि आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेज विरगञ्जमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका ७० वर्षिय वृद्धको मृत्यु भएको थियो । मृतक वृद्धको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

स्वास प्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको ३ गते स्वाव संकलन गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यसअघि धुलिखेल अस्पतालमा सुत्केरी महिला, बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा एक पुरुष र क्रिमसन अस्पतालमा उपचाररत पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो ।

     याे पनि पढाैं

 

नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८२ पुगेको छ । सोमबार मात्रै ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार मन्त्रालयको पछिल्लो विवरण अुनसार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछामका ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा  बर्दियाका तीन जनामो पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा पर्सा र काठमाडौंका १—१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ को ७ जिल्लामा ८६, प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।

सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् ।

यसैगरी प्रदेश प्रदेश नम्बर १ मा १० हजार ८ सय २७, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ६८ र बागमती प्रदेशमा २३ हजार ३ सय १३ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा  १६ हजार २ सय १५, कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण गरिएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ६ सय ७७, प्रदेश नम्बर २ मा ९ हजार २६, बागमती प्रदेशमा ८ सय ७८ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २० हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ९ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ३ सय ६ जना गरी जम्मा ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन् ।