२५ श्रावण २०८३, सोमबार
,
Latest
सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा



अ+ अ-

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टाेली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुग्नुभएको हो । उहाँलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गर्नुभयो ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आउनुभएको हो ।

तस्बिर : दिनेश भण्डारी,