१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको घोषणाः विकृति र विसंगतिविरुद्ध अब फेरि एक पटक आन्दोलन गर्छौ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले पुनः एक पटक विसंगति का विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको बताउनु भयो । उहाँले पार्टी एकतावद्ध रहेको र अबदेखि अझ सुदृढ एकताको साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामुहिक संकल्प लिएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी, जसले यो परिवर्तनमा सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भुमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौति हाम्रो अघि थियो । यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ । पार्टी एकतावद्ध भएको छ । हामीले सामुहिक प्रतिवद्धता गरेका छौँ । अबदेखि अझ सुदृढ एकताको साथ, सबैखाले गुटबन्दी, समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ । फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ ।’

अध्यक्ष दाहालले कुलिङ पिरियड छेडखानीका दोषीलाई कारबाही गर्नेगरी समितिले प्रतिवेदन ल्याउने बताउनु भयो ।