१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको घोषणाः विकृति र विसंगतिविरुद्ध अब फेरि एक पटक आन्दोलन गर्छौ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले पुनः एक पटक विसंगति का विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको बताउनु भयो । उहाँले पार्टी एकतावद्ध रहेको र अबदेखि अझ सुदृढ एकताको साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामुहिक संकल्प लिएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी, जसले यो परिवर्तनमा सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भुमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौति हाम्रो अघि थियो । यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ । पार्टी एकतावद्ध भएको छ । हामीले सामुहिक प्रतिवद्धता गरेका छौँ । अबदेखि अझ सुदृढ एकताको साथ, सबैखाले गुटबन्दी, समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ । फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ ।’

अध्यक्ष दाहालले कुलिङ पिरियड छेडखानीका दोषीलाई कारबाही गर्नेगरी समितिले प्रतिवेदन ल्याउने बताउनु भयो ।