६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दोधारा चाँदनी सुक्खा बन्दरगाहः पूरा हुँदै डेढ दशकदेखिको सपना

दोधारा चाँदनी सुक्खा बन्दरगाहः पूरा हुँदै डेढ दशकदेखिको सपना
अ+ अ-
दोधारा चाँदनी । डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई अहिले सपनाजस्तै लाग्छ ।
महेन्द्रनगर आउतजावत गर्न समेत भारतको बाटो प्रयोग गर्नुपर्ने उहाँलाई महाकाली नदीमा पुल बन्ला र सुक्खा बन्दरगाह निर्माण होला भन्ने कल्पना समेत गर्नुभएको थिएन । “महाकालीमा किस्तीबाट महेन्द्रनगर जानुपथ्र्यो कोही बिरामी भए पनि उपचारमा समस्या हुन्थ्यो, एम्बुलेन्स आउने बाटो थिएन ।”  भट्टले भन्नुभयो, “अहिले घरै अगाडि छ लेनको पक्की सडक पुगेको छ नजिकै सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ मलाई त सपनाजस्तै लाग्छ ।” विसं २०२२ देखि यहाँ बस्दै आउनुभएका उहाँले विगतमा अनेक दुःख खेपेको बताउँदै अहिले महाकाली नदीमा पक्की पुल र सडक बनेपछि दोधारा चाँदनीको मुहार फेरिएको बताउनुभयो । “महेन्द्रनगर जान भारतको बाटो भएर जानुपथ्र्यो भारतीय सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिन्थे,” उहाँले भन्नुभयो, “नेताहरूले सुक्खा बन्दरगाह बन्ने आश्वासन दिएको दशक बढी भएपछि हामीलाई यसरी विकास होला भन्ने लागेको थिएन ।” उहाँले घर नजिकै बन्दरगाह निर्माण हुने भएपछि यहाँको उत्पादनले बजार पाउने अपेक्षा गरेको बताउनुभयो ।
दोधारा चाँदनी–१ का स्थानीय डम्बर धामीका एक छोरा रोजगारीका लागि भारतको बेग्लोरमा छन् । बन्दरगाह निर्माणपछि छोरोले घर छेउमै रोजगारी पाउने उहाँको आशा छ । “बन्दरगाह बनेपछि घरमै पसल राखे पनि राम्रो चल्छ, भारत जनुपदैन ।” उहाँले भन्नुभयो, “अहिले यहाँ धेरै मानिसको आवतजावत पनि बढेको छ ।” उहाँले महाकाली नदीमा पक्की पुल र सुक्खा बन्दरगाहसम्म छ लेनको पक्की सडक बनेपछि यहाँको जग्गाको मूल्य समेत बढेको बताउनुभयो । विगतमा रु एकरदुई लाखमा बिक्री हुने यहाँको जग्गाको मूल्य अहिले रु ७० लाखसम्म बिक्री भइरहेको छ । विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले यहाँका व्यवसायीले समेत तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए ।
त्रिदेशीय नाकाको सपना देखेका यहाँका व्यवसायीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन । छिमेकी मुलुक भारतको रूद्रपुर सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो । नेपालको दोधारा चाँदनीदेखि ९० किलोमिटर टाढा रहेको उक्त औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ । यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन । त्यसकारण पनि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणसँगै यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्ने यहाँका व्यवसायीहरू बताउँछन् ।
“दुई घण्टाको दूरीमा रहेको भारतको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्दा ३०० किलोमिटर घुमाएर यहाँ ल्याउनपर्ने बाध्यता जसकारण यातायातमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ,” उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले भन्नुभयो, “बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक समृद्धि हासिल गर्न ठूलो सहयोग पुग्छ ।” उहाँले अहिले रूपैडियासँगै भैरहवा र वीरगञ्ज नाका प्रयोग गरेर भारतको रूद्रपुर औद्योगिक क्षेत्रमा आयातरनिर्यात हुने गरेको बताउनुभयो । “सुदूरपश्चिममा जडीबुटीलगायतका थुप्रै सम्भावना छन् बन्दरगाह निर्माणपछि हामीले तेस्रो मुलुकसँग पनि व्यापार गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसले वस्तुको लागत त घट्छ नै रोजगारीका सम्भावना समेत खुल्छन् ।” उहाँले भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने बताउनुभयो ।
विसं २०६४ मा सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेपनि विभिन्न प्रक्रियागत अल्झनका कारण निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन । सरकारले डेढ दशकपछि दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण अघि बढाएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्यको थालनी भएको जानकारी दिनुभयो । “निर्माण कार्यको प्रारम्भिक काम सुरू भएको छ पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणको लागि आवश्यक सामग्री ल्याउने काम गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुन्छ ।” उहाँले बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
“यो व्यापारिक पूर्वाधारले भारतबाट आयात मात्रै नभएर निर्यात गर्ने गरी उद्योगधन्दा खेल्नुपर्छ”, उहाँले भन्नुभयो, “यही नाका भएर तेस्रो मुलुकसँग निर्यात गर्न सकिने ठूलो अवसर छ त्यसकारण निर्यात गर्ने गरी पनि उत्पादनमा जोड दिनुपर्छ ।” बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माणको थालनी भएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रूपैयाँ लागतमा ठेक्का सम्झौता गरेको हो ।
बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
सुदूरपश्चिममा अहिलेसम्म भारतसँगको कनेक्टिभिटी सजिलो ढङ्गले विकास नभएका कारण भारतसँग व्यापार गर्न पाइएको छैन । कैलालीको त्रिनगर नाकामा भारतसँग आवतजावतबाहेक व्यापारिक लाभ हुन सकेको छैन । छिमेकी मुलुक भारतका सबैभन्दा ठूला औद्योगिक सहरहरू र महत्वपूर्ण आर्थिक गतिविधि र औद्योगिक करिडोर भएका सहरहरूसँग सुदूरपश्चिमको कञ्चनपुर नजिकबाट जोडिएको जिल्ला हो ।
सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिममा थुप्रै सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा जुट्नुपर्ने आर्थिक विश्लेषक गोर्कण अवस्थी बताउँछन् । “यो नाका सुचारु हुनेबित्तिकै लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ”, उहाँले भन्नुभयो, “नाका सुचारूपूर्व सुदूरपश्चिममा सरकारले औद्योगिक र कृषिको विकास गर्नसके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ ।” नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।