२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमितको संख्या बढ्दै जानुको कारणहरु…



अ+ अ-

काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) लम्ब्याए पनि कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । अव्यवस्थित क्वारेन्टिन, नाका कडाइ नहुनु, कन्ट्याक्ट ट्रेसिङ नबढ्नु र सरकारले कोभिड–१९ रोकथामका सन्दर्भमा स्पष्ट खाका बनाउन नसक्दा संक्रमतिको संख्या बढ्दै गएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । लकडाउन भएको ६२ दिन पुग्दासमेत संक्रमितको दर घट्न सकेको छैन । हालसम्म ६ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै ७९ संक्रमित थपिएका थिए । यस्तै, कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ ।

कारणहरू
– अव्यवस्थित क्वारेन्टिन
– सीमानाकामा कडाइ नहुनु
– कन्ट्याक्ट ट्रेसिङ नबढ्नु
– सरकारले स्पष्ट खाका बनाउन नसक्नु
– परीक्षणको दायरा फराकिलो नहुनु

देशभर ४६ हजार २९ जना क्वारेन्टिनमा बसेका छन् । तर, क्वारेन्टिनमै बसेकामध्ये अधिकांशको कोरोना परीक्षण हुन सकेको छैन । देशभर बनेका क्वारेन्टिन मापदण्ड नपुगेका हुँदा संक्रमणको केन्द्रनै क्वारेन्टिन बन्ने देखिएको छ । सरकारी तथ्यांकअनुसार देशभर ६१ हजार २ सय ४५ क्वारेन्टिन छन् । तर, अधिकांश क्वारेन्टिनमा ‘क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ पूरा गरिएको छैन । जसकारण जोखिम बढ्दै गएको र संक्रमितको संख्या थपिने सम्भावना बढी हुने आँकलन गरिएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा अघि बढ्न सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कन्ट्याक्ट ट्रेसिङ गर्ने अख्तियारी पाएपनि प्रभावकारी बन्न नसकेको देखिएको छ ।

दैनिक सयौं नागरिक सीमा नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर, उनीहरूको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण नगरी धमाधम नेपाल प्रवेश पाएका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा द्रुत गतिमा बढाउन सकेको छैन । हालसम्म देशभर आरटी–पीसीआर प्रविधिबाट ५१ हजार ६ सय ४२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसरी हेर्दा पछिल्लो एक साताको अवधिमा दैनिक २ हजार ८ सय ८८ जनाको कोरोना परीक्षण हुँदै आएको छ ।

परीक्षणको दायरा निकै सुस्त भएको भन्दै तीव्र रूपमा बढाउनुपर्ने संक्रामक तथा सरुवा रोग अनुसन्धान विशेषज्ञ प्राडा. जीवनबहादुर शेरचनले बताए । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले संक्रमितको अवस्था हेरेर अस्पताल तयारी अवस्थामा राखिएको बताए । उनले भने, ‘संक्रमण जहाँ फैलिन्छ, त्यहाँअस्पतालको स्तरवृद्धि गर्न आवश्यक छ ।’पछिल्लोपटक वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालमा गत ४ जेठमा निधन भएका कलैया–७ बाराका ७० वर्षीय वृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । थप पुष्टिका लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाएको थियो । जनस्वास्थ्य प्रयोगशालामा ती पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । यसअघि सिन्धुपाल्चोक, गुल्मी र बाँकेका तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । हालसम्म निको हुनेको संख्या १ सय ५५ पुगेको छ । राजधानी दैनिक