७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

पानी परेपछि सुनसरीका किसान खुसी

पानी परेपछि सुनसरीका किसान खुसी
अ+ अ-

इनरुवा । लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो ।

वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताउनुभयो । पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताउनुभयो । रासस

पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको र रोपाइँ गर्न बाकी रहेका किसान समेत रोपाइँमा जुटेको स्थानीय चन्दन मेहताको भनाइ छ । भूमिगत सिचाइँको प्रयोग गरेर केही किसानखेती गरेको भए पनि पानी अभावका कारणले खाद्यमल प्रयोग गर्नका लागि समेत समस्या हुँदै आएको थियो ।

पानी परेपछि धान रोप्न बाँकी क्षेत्रमा काम सुरु भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले बताउनुभयो । जिल्लामा नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ भने आकाशेपानीले अन्य ठाउँमा समेत धान रोपाइँ गर्न सहयोग भएको छ । पानी परेपछि सुक्खा रहेको खोलानालामा जलसतह समेत बढेको छ ।

सुनसरी सदरमुकाम इनरुवा र भोक्राहाको सीमामा रहेको सुनसरी खोला, बूढी खोला, सप्तकोशी नदी, कोसी कटान क्षेत्र, मरिया खोला, गडनलगायतका खोलानालामा पानीको सतह बढेको स्थानीयवासीले बताएका छन् ।रासस