२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्युजिक कम्पनीको सीईओ बने सन्दीप लामिछाने



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टीमका स्टार सन्दीप लामिछाने म्युजिक कम्पनीको सीईओ बनेका छन् । ‘सान्सिक प्रोडक्सन’ नाम म्युजिक कम्पनीमा ४५ प्रतिशत सेयर हालेसँगै सन्दीप कम्पनीको सीईओ बनेका हुन् ।

कम्पनीका संस्थापक सीइओ भने अनमोल थापा हुन् । उनको ५५ प्रतिशत सेयर रहेको छ । यस कम्पनीले गीत उत्पादनका साथै म्युजिक भिडिओको निर्माण समेत गर्दै आएको छ ।

सन्दीपले क्रिकेटपछिको उनको पहिलो सोख संगीत रहेको बताउदै आएका छन् । उनले केही गीतहरु गाएर रेकर्ड पनि गराएका छन् ।

सन्दीपले सामाजिक सञ्जालमार्फत आफू सन्सीप्रोडक्सनको सिइओको रूपमा नयाँ यात्रा सुरु गरेको जानकारी दिदै भनेका छन्, ‘क्रिकेटरको रूपमा, संगीत सधैँ हाम्रो कथाको हिस्सा रहँदै आएको छ। जितपछि ‘रातो र चन्द्र सूर्य’ गाउनेदेखि गीतमार्फत हरेक भावना व्यक्त गर्नेसम्म, संगीतले हामीलाई जोडेको छ।’

प्रतिभाशाली कलाकारहरूसँग सहकार्य गर्दै हृदयस्पर्शी संगीत सिर्जना गर्ने योजना रहेको बताउदै उनले अगाडि भनेका छन्, ‘तपाईंहरूको मायाको लागि आभारी छु। म नेपालको लागि मेरो सर्वोत्तम दिनेछु। मैदान र संगीत दुवैमार्फत।’

सन्दीप केही समयअघि मात्रै नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएका थिए ।