९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको लक्षण देखिएकी गर्भवतीको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

सप्तरी । सप्तरीमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।  जिल्लाको कञ्चनरुप ११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको हो। 

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार मृतक महिलामा अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित  गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो ।

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनलाई १० दिनदेखि ज्वरो खोकी र श्वासप्रश्वासको समस्या हुँदापनि स्वाब परीक्षण नगरिएको परिवारका सदस्यले गुनासो गरेका छन् ।

गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन् । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । महिलाको स्वाब लिने तयारी भएको बताइएको छ ।