२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐनापहरामा बस दुर्घटना अपडेटः ७ घाइते, २ जनाको अवस्था गम्भीर



तस्बिर: प्रकाश श्रेष्ठ
अ+ अ-

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा बस दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

गोरखाबाट नारायणगढतर्फ जादै गरेको ग२ख १०७७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए । उनीहरुलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ भने अरुको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ ।

यात्रु झारेर बस रोकेको चिप्लिएर सडक दुर्घटना भएको उनले बताए । बसको अगाडिको भाग पानीमा डुबेकाले थप यात्रु पनि हुने सक्ने उनले बताए ।

बस दुर्घटना भएको खवर पाएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको उनले बताए ।