२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम



अ+ अ-

गण्डकी । नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आजदेखि पोखरामा छ दिवसीय तालिम सुरु गरिएको छ ।

गण्डकी अल्पाइन क्लब र काठमाडौँ इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट (किप)को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा’ विषयक छ दिवसीय तालिम सुरु गरिएको हो ।

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले तालिममा ३० जना पर्वतीय पर्यटनका पथप्रदर्शक सहभागी रहेका जनाउँदै उहाँहरूलाई सैद्धान्तिकसँगै विज्ञबाट अधिकतम प्रयोगात्मक सीप प्रदान गरिने बताउनुभयो ।

पर्वतीय पर्यटनलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले पोखरामा रहनुभएका तीन हजार पर्वतीय पर्यटनका प्रथप्रदर्शकमध्येबाट ३० जना छनोट गरी यस किसिमको तालिम दिन लागिएको जानकारी दिनुभयो ।

सङ्घको गण्डकी प्रदेशका सचिव मनशान्त घिमिरेले पर्वतीय पर्यटनमा जाने पथप्रदर्शकले प्राथमिक उपचार, नक्सा पठनलगायत अत्यावश्यक विषयमा प्रभावकारी ज्ञान हासिल गरेमा उहाँहरूले आफू र सँगै जाने पर्यटकलाई सम्भाव्य जोखिमबाट बचाउन सक्ने धारणा राख्नुभयो । उहाँका अनुसार तालिमअन्तर्गत सहभागीलाई स्थलगत रूपमा लगेर प्रयोगात्मक अभ्यास गराउने कार्यसूची रहेको छ । रासस