१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित काश्मीरमा सामूहिक हिन्दू तीर्थयात्रा सम्पन्न



अ+ अ-

एजेन्सी । पाकिस्तानसँगको द्वन्द्वको केही हप्तापछि सुरक्षा चिन्ताहरूलाई वेवास्ता गर्दै विवादित भारत प्रशासित काश्मीरमा महिनाभरको तीर्थयात्रामा चार लाखभन्दा बढी हिन्दूले भाग लिएको अधिकारीहरूले बताएका छन् ।

तीर्थयात्रा जुलाई ३ मा सुरु भएको थियो र अगस्ट ९ मा आधिकारिक रूपमा समाप्त हुनेछ, तर आयोजकहरूले तीव्र वर्षाले साँघुरो बाटोहरूमा क्षति पुर्‍याएकाले समयअघि नै अन्त्य गर्न बाध्य भएको बताएका छन् ।

अधिकारी विजय कुमार बिधुरीले शनिबार राति एक वक्तव्यमा चार लाख १५ हजार तीर्थयात्रीले भाग लिएको जानकारी दिनुभयो ।

धेरै भक्तजनले पहलगाम नजिकैबाट अमरनाथ बरफ स्तम्भमा आफ्नो यात्रा सुरु गरेका थिए । पहलगाममा अप्रिल २२ मा बन्दुकधारीहरूले मुस्लिम बहुल क्षेत्रमा २६ जना हिन्दू पर्यटकको हत्या गरेका थिए ।

नयाँदिल्लीले बन्दुकधारीहरूलाई पाकिस्तानको समर्थन रहेको बताएको छ । इस्लामाबादले उक्त दाबीलाई अस्वीकार गरेको छ । पहलगाम घटनापछि कूटनीतिक बदलाबदली उपायहरूको शृङरखला सुरु गर्‍यो, जुन चार दिनको द्वन्द्वमा परिणत भयो ।

सन् १९९९ पछि आणविक–सशस्त्र यी दुई मुलुकले गरेको यो सबैभन्दा खराब गतिरोध थियो । मे १० को युद्धविरामअघि दुवै पक्षमा मिसाइल, ड्रोन र तोप आक्रमणबाट ७० भन्दा बढी मानिस मारिएका थिए ।

नयाँदिल्लीले गत हप्ता पहलगाम आक्रमण गर्ने तीनजना पाकिस्तानी पुरुष जुलाई २८ मा गुफा मन्दिर रहेको पहाडको छेउमा रहेको जङ्गलमा भएको गोली हानाहानमा मारिएको बताएको थियो ।

केही भक्तजनले अझै पनि गुफाको भ्रमण गर्न सक्छन्, तर यस वर्षको सङ्ख्या २०२४ मा भाग लिने अनुमानित पाँच लाख भक्तभन्दा कम छ ।

अधिकारीहरूले हिन्दूहरूलाई तीर्थयात्रा गर्न अपील गरे । घटनाका लागि सुरक्षा बढाउँदै उच्च प्रविधिका निगरानी उपकरणहरूसहित ४५ हजार सेना परिचालन गरेर विनाशका देवता शिवलाई समर्पित गुफाको कठिन पदयात्रा निरीक्षण गरे ।

आइतबार अमरनाथ तीर्थयात्राबाट टाढा रहेको कुलगाममा भारतीय सेना र बन्दुकधारीबीच तेस्रो दिन पनि गोली हानाहान भएको थियो ।

सैनिकहरूले दुई जना लडाकूलाई मारेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले यसको केही भाग व्यवस्थापन गर्छन् र पूर्ण रूपमा दाबी गर्छन् ।

विद्रोही समूहहरूले काश्मीरको स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् ।




भर्खरै