९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा प्रमुख दलहरू एकतावद्ध



अ+ अ-

काठमाडाैंः  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गर्नुभएको हो ।

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा सिंगो राष्ट्र एकतावद्ध रहेको र त्यसैको बलमा यो विषय टुंगोमा पु¥याउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री अ‍ोलीले सबै दलहरुलाई एकतावद्ध भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।

संविधान संशोधन गर्नुपर्ने विषयमा दलहरुले माग राख्दै आएपनि तत्काल यो विषयलाई टुंगो लगाउनुपर्ने आवश्यकता भएकाले अन्य विषय समावेश नगर्न उहाँले आग्रह गर्नुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

सम्झौताको दस्तावेजका रुपमा रहेको संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो विषय तत्काल टुंगो लगाउनुपर्ने बताउनुभयो । तर बैठकमा नेपाली कांग्रेसले प्रस्तावमा सकारात्मक भएपनि पार्टीभित्र थप छलफलको आवश्यकता रहेको बताएपछि सहमति जुट्न सकेन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर प्रस्तावको विषयमा छलफल गर्ने कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले बताउनुभयो ।

कुटनीतिक वार्ताको माध्यमबाट विवाद समाधानका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटि बैठकबाट संशोधन प्रस्तावको विषयमा निर्णय हुने बताउनुभयो । बैठकमा जनता समाजवादी पार्टी दलका नेताहरुले आफुले उठाउँदै आएका मागहरु पनि समेट्न आग्रह गरेका थिए ।

कांग्रेसले केन्द्रीय कमिटि बैठक बोलाएर छलफल गर्नेे समय माग गरेपछि प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै सहमति हुन सकेन् ।

शुक्रबार दर्ता गरेको संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकाले गरेको छ ।