२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सहरुसँग परराष्ट्रमन्त्री राणाको आग्रह: अनुभव बटुलेर फर्किनुस्, नेपाललाई तपाईंहरुको आवश्यक छ



file photo
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

आईतवार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले क्युएएको महत्व आफूले राम्रोसँग बुझेको बताउनुभएको हो । कुनैपनि साना कारण देखाइ व्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयहरुलाई प्रमाणपत्र नदिनु दुःखको विषय भएको बताउनु भयो । क्याम्पसलाई की यि मापदण्डहरु पूरा गर् भन्नुपर्ने कि त क्युएए दिनुपर्ने माग गर्नुभयो । नर्सहरुले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्कि देश बनाउन लाग्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘क्युएईको महत्व एउटा क्याम्पसलाई के हुन्छ भन्नेकुरा म राम्रोसँग बुझ्छु । कुनैपनि सानो सानो आफ्नो व्यक्तिगत रिसिभी र राजनीतिक प्रतिशोधका कारण यत्रो क्याम्पसले क्युएई नपाउनु राम्रो कुरा होइन । उहाँहरुले कि यो यो मापदण्ड पूरा गर भन्न सक्नुपर्छ की त दिन सक्नुपर्छ । यहाँको विद्यार्थी नेपालभित्र मात्र नभइ नेपाल बाहिर पनि जानुभएको होला । ६ सय २८ पास भएकोमा ५ सय ७५ जना त विदेश नै जानुहुँदो रहेछ । कि त हामीले यहाँ नै त्यो अवसर दिनुपर्छ । नत्र भने तपाईंहरुको अझ राम्रो भविष्य बनाउने कुरा रोक्न सकिँदैन । त त्यहाँ गएर आफ्नो अनुभव बटुलेर फेरि नेपाल आउनुहोस् । नेपाललाई तपाईंहरुको आवश्यक धेरै छ ।’

मन्त्री राणाले चिकित्सकले सर्जरी, अप्रेसन गर्ने भएपनि नर्सले जीवनकै हेरचाह गर्ने बताउनु भयो । आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्जरी गर्नमा प्रतिष्पर्धा नै रहेको बताउनु भयो । आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको बताउनु भयो ।