२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सहरुसँग परराष्ट्रमन्त्री राणाको आग्रह: अनुभव बटुलेर फर्किनुस्, नेपाललाई तपाईंहरुको आवश्यक छ



file photo
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

आईतवार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले क्युएएको महत्व आफूले राम्रोसँग बुझेको बताउनुभएको हो । कुनैपनि साना कारण देखाइ व्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयहरुलाई प्रमाणपत्र नदिनु दुःखको विषय भएको बताउनु भयो । क्याम्पसलाई की यि मापदण्डहरु पूरा गर् भन्नुपर्ने कि त क्युएए दिनुपर्ने माग गर्नुभयो । नर्सहरुले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्कि देश बनाउन लाग्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘क्युएईको महत्व एउटा क्याम्पसलाई के हुन्छ भन्नेकुरा म राम्रोसँग बुझ्छु । कुनैपनि सानो सानो आफ्नो व्यक्तिगत रिसिभी र राजनीतिक प्रतिशोधका कारण यत्रो क्याम्पसले क्युएई नपाउनु राम्रो कुरा होइन । उहाँहरुले कि यो यो मापदण्ड पूरा गर भन्न सक्नुपर्छ की त दिन सक्नुपर्छ । यहाँको विद्यार्थी नेपालभित्र मात्र नभइ नेपाल बाहिर पनि जानुभएको होला । ६ सय २८ पास भएकोमा ५ सय ७५ जना त विदेश नै जानुहुँदो रहेछ । कि त हामीले यहाँ नै त्यो अवसर दिनुपर्छ । नत्र भने तपाईंहरुको अझ राम्रो भविष्य बनाउने कुरा रोक्न सकिँदैन । त त्यहाँ गएर आफ्नो अनुभव बटुलेर फेरि नेपाल आउनुहोस् । नेपाललाई तपाईंहरुको आवश्यक धेरै छ ।’

मन्त्री राणाले चिकित्सकले सर्जरी, अप्रेसन गर्ने भएपनि नर्सले जीवनकै हेरचाह गर्ने बताउनु भयो । आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्जरी गर्नमा प्रतिष्पर्धा नै रहेको बताउनु भयो । आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको बताउनु भयो ।