७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

कोरोनाभाइरसबाट अमेरिकामा १,००,००० को मृत्यु

कोरोनाभाइरसबाट अमेरिकामा १,००,००० को मृत्यु
अ+ अ-

सोमनाथ लामिछाने (रासस)

काठमाडौं –– चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ ।

वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको हो । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो ।

संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण गत फेब्रुअरी १५ मा पहिलो पटक देखिएको थियो । अमेरिकामा त्यस दिन १५ जनामा मात्र कोरोना पुष्टि भएको थियो ।

गत वर्ष सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको उहानमा पहिलोपटक देखिएको कोरोनाभाइरसले फेब्रुअरीसम्ममा धेरै व्यक्तिको ज्यान लिइसकेको थियो भने जनवरी २२ मा १७ जनाको मृत्यु भएसँगै उहानमा लकडाउन जारी थियो ।

अमेरिकामा भने कोरोनाभाइरसबाट फेब्रुअरी २९ मा मात्र पहिलो व्यक्तिको मृत्यु भएको थियो । मार्च र अप्रिल महिनामा अमेरिकामा मृत्युदर अत्यन्त बढी थियो । अप्रिल १५ मा एकै दिन २६ सयको ज्यान गएको थियोे । लकडाउन, सामाजिक दूरी र अन्य कडा नियमको कार्यान्वयनका कारण यद्यपी मे १२ देखि मृत्युदरमा सामान्य कमी आएको छ, र यो दैनिक एक हजारभन्दा मुनि छ ।

विरोधाभाष त के भने, अमेरिकामा पहिलो व्यक्तिको मृत्यु भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस “चिनियाँ भाइरस”ले अमेरिकीलाई खासै असर नगर्ने बताइरहनु भएको थियो । अझ उहानलाई लकडाउनमा राखेर त्यहाँका जनताको मानव अधिकार हनन भएको उहाँको आरोप थियो ।

तर अमेरिकामा हटस्पटका रुपमा न्यूयोर्क राज्य देखियो । यहाँ एकै राज्यमा झण्डै ३० हजारको अकालमा ज्यान गइसकेको छ । शव व्यवस्थापन नै चुनौती बनेको यस राज्यको सम्पूर्ण स्वास्थ्य प्रणाली छिन्नभिन्न भएको थियो । खासगरी, बुढाबुढी, कमजोर स्वास्थ्य रहेका, श्वासप्रश्वास समस्या भएका, मधुमेह, उच्च तनाब, मुटुरोग, मृगौला रोगी, क्यान्सर जस्ता दिर्घरोगी व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । यही मे १३ सम्म न्यूयोर्कका १५ हजार २३० जनाका सम्बन्धमा न्यूयोर्क सिटी हेल्थले गरेको सर्वेक्षणमा पहिल्यैदेखि स्वास्थ्य समस्या रहेका ७५ वर्षभन्दा माथिका व्यक्तिमध्ये ५ हजार २३६ जना, ६५ देखि ७४ वर्ष उमेरका २ हजार ८०१ जना तथा ४५ देखि ६४ वर्ष उमेरका २ हजार ८५१ जनाको मृत्यु भएको उल्लेख छ ।

अमेरिकी जनजीवनलाई नराम्रोसँग गाँजेको अमेरिकामा १७ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित छन् । स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएकाले अझै पनि दिनहुँ ठूलो संख्यामा संक्रमित भेटिएका छन् । तर स्वास्थ्य ठूलो कि अर्थतन्त्र ? यी दुई बहसमा अल्झिएका राष्ट्रपति ट्रम्पमाथि मानिसको स्वास्थ्यलाई महत्व नदिएको र अर्थतन्त्रप्रति मात्र ध्यान दिइरहेको आलोचना खेप्न बाध्य हुनु भएको छ । उहाँ औलोको औषधि हाइड्रोक्लोरोक्वीनको सेवन गरेमा कोरोना ठीक हुन्छ भन्ने विवादास्पद भनाईमा अडिग हुनुहुन्छ, जबकी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र वैज्ञानिकहरुले यही औषधिको जथाभावी सेवनका कारण पनि धेरै अमेरिकीको ज्यान गएको बताइरहेका छन् । डब्लुएचओले त यो औषधिलाई कोरोना रोगका सन्दर्भमा अनुसन्धान परीक्षण गर्न समेत प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।  

मास्क समेत लगाउन हिच्किचाउने हठी स्वभावका राष्ट्रपति ट्रम्पको ध्यान विश्वकै पहिलो अमेरिकी अर्थतन्त्रलाई कहिले खुला गर्ने भन्नेमै छ । उहाँ दिनहुँ भन्नुहुन्छ – अमेरिका बन्द गर्नका लागि होइन, यो खुला छ खुला हुनु पर्छ । एसोसिएटेड प्रेसका अनुसार राष्ट्रपति ट्रम्पले आफूले राम्रोसँग नेतृत्व गरेकै कारण मृत्युसंख्यामा कमी आएको बताउनुभएको छ । तर कुनै पनि महामारी वा युद्धका कारण यतिठूलो संख्याका अमेरिकीको मृत्यु भएको पहिलो पटक हो ।

ट्रम्पको भनाइप्रति असहमति जनाउने अमेरिकी राज्यका गभर्नरहरुले लकडाउनका नियम एकाएक हटाउन नहुनेमा जोड दिइरहेका छन् । उनीहरुको भनाईमा अमेरिकालाई विस्तारै, क्रमिक रुपमा खोल्नु पर्छ । खासमा अमेरिकामा २५ लाखभन्दा बढी मानिस बेरोजगार भइसकेकाले पनि राष्ट्रपति ट्रम्पमाथि दबाब छ ।

यही गाँठोमा अहिले अमेरिकी समाज छ । ट्रम्पकै भनाइलाई ठीक ठान्ने कतिपय कट्टरपन्थीहरु पेशा, व्यवसाय खोल्न माग गर्दै बन्दुक समेत लिएर सडकमा उत्रिएका दृश्यहरु संचार माध्यममा आइरहेका छन् । अहिले अमेरिकाका कैयौं समुद्री तटमा मानिसहरु सामाजिक दूरी र अन्य नियमहरुको बेवास्ता गर्दै स्वतन्त्र रुपमा घुम्न थालिसकेका छन् । उता, युरोपमा कोरोना संक्रमणमा कमी देखिएसँगै पसल, व्यवसाय, स्कुलहरु खुला गर्न थालिएको छ तर उच्च सावधानीका साथ ।

कोरोनाभाइरसले आर्थिक रुपमा समृद्ध, सुदृढ स्वास्थ्य प्रणाली, उच्च जनचेतना र शिक्षित समुदायको बाक्लो बसोबास रहेका पहिलो विश्वका मुलुकहरुमा धेरैको ज्यान लिइसकेको छ । यही सेरोफेरोमा अमेरिकी अग्रसरता खासगरी राष्ट्रपति ट्रम्पको भनाईमा साथ दिइरहेका विकसित मुलुकहरु र चीनबीच कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर एक प्रकारको वाकयुद्ध नै जारी छ । चीनले उहानस्थित इन्स्टिच्यूट अफ भाइरोलोजीमा कोरोनाभाइरस तयार गरी अन्यत्र फैल्याएको र समयमै भाइरसबारे जानकारी नगराएको ट्रम्पको आरोप छ । आफ्ना कमजोरी ढाकछोप गर्न राष्ट्रपति ट्रम्पले चीनमाथि आरोप लगाएको चीनले बताइरहेको छ । अधिकांश वैज्ञानिकहरुले उहानका सडकमा खुलेआम बिक्री गरिने चमेरो समेतका वन्यजन्तुबाट कोरोनाभाइरस मानिसमा सरेको बताइरहेका छन्, तर यसबारे पूरै तथ्य पुष्टि भइसकेको छैन ।   

यही रस्साकस्सी र आरोप–प्रत्यारोपबीच विश्वभर ३ लाख ५२ हजारको मृत्यु भइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस संक्रमित छन् । अझै पनि ५० हजारभन्दा बढी मानिस गम्भीर अवस्थामा छन् । युरोपेली क्षेत्रका मुलुकमै एक लाख ६९ हजारभन्दा बढीको ज्यान गएको छ । भाइरस प्रसारका नयाँनयाँ हटस्पटहरु जस्तै ब्राजिल, भारतमा संक्रमित र मृतकको संख्या बढ्दै गएकाले मृतकको संख्या अझै बढ्न सक्नेछ । अहिले विश्वभर खोप कि उपचार पहिले भन्ने दौड जारी छ, तर कसैले पनि कोरोनाभाइरसको सार्थक उपचार फेला पार्न नसकेको अवस्थामा लकडाउन वा सामाजिक दूरी, परीक्षणहरुको दायरा बढाउने नै अहिलेसम्मका सर्वोत्तम विधि देखिएका छन् । तर यी विकल्पकै बीच समग्र विश्व “कोरोनाकाल अघि”को झैं सहज कहिले होला ? विश्वका धनी वा गरिब दुबै किसिमका मुलुकका नागरिक र सरकारहरुको ध्यान यसमै छ । (विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा तयार पारिएको)
––