७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन्ः अध्यक्ष दाहाल

१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन्ः अध्यक्ष दाहाल
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उहाको भनाइ छ । आफूहरुले शहीदका सपना पूरा गर्नका लागि जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महशुस गरेर अहिले शहीद,बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम शुरु गरेको बताउनु भयो । शहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महशुस भएको पनि बताउनु भयो । प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गर्नुभयो । नेपालमा फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ । हामीले हालै महान शहीदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटी ग¥यौँ, हाम्रा शहीद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी ग¥यौँ भन्ने समीक्षा गरिएको छ । त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एक पटक हाम्रो वर्गतिर नै जोडिने, शहीद बेपत्ता परिवारहरुसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ । पार्टी बैठकहरुमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ ।’

अध्यक्ष दाहालले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि बताउनु भयो ।