६ श्रावण २०८३, बुधबार
,
Latest
टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३ लाख नाघ्यो



अ+ अ-

विश्वमा कोरोना भाइरस संक्रमणका कारण साढे ३ लाखभन्दा धेरैको ज्यान गएको छ । हालसम्म कोरोनाका कारण ३ लाख ५१ हजार ६३८ जनाको मृत्यु भइसकेको छ । विकसित देशमा सबैभन्दा धेरै शंक्रमण देखिएको छ । हालसम्म कोरोनाको  संक्रमण ५६ लाख ७८ हजार २६० मा देखिसकेको छ । वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। त्यहाँ १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन्। त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनासंक्रमित निको भइसकेका छन्। अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्। रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ।

संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ।यस्तै बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ। भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ र ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ। विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ। संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा ३ लाख ९ हजार ८८ जनाको ज्यान गएको छ। हालसम्म विश्वभरबाट २४ लाख २६ हजार ३ सय ८४ जना निको भएर घर फर्किएका छन्।

कोरोना नियन्त्रणका लागि खोपको विकास भइनसकेका कारण यसको संक्रमण रोकिन समय लाग्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । सौर्य दैनिक