२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ’



काठमाडौँ, १६ साउन : गृहमन्त्रीसँग विपद् संवाद राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा शुक्रबार आयोजित ‘गृहमन्त्रीसँग विपद् संवाद’ नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीतिगत तथा संस्थागत सुधारका सवालहरुमा विषयक छलफलमा सहभागी गृहमन्त्री रमेश लेखकलगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस
अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो, व्यवस्थित तथा सर्वसुलभ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित ‘गृहमन्त्रीसँग विपद्’ संवादमा उहाँले समयमा पूर्वसूचना दिन सकेमा विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

“विपद् प्रतिकार्यका लागि हामीले काम गरिरहेका छौँ । अझै सबैको सहकार्यमा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो, “अब विपद्को समयमा सर्वसाधारणलाई मोबाइलमा एसएमएस मात्र होइन, फोन नै गरेर पूर्वसूचना दिन जरुरी छ ।”

नेपालमा जुनसुकै समयमा पनि बहुप्रकोपीय जोखिम रहने भएकाले सोअनुसार आवश्यक तयारी थाल्नुपर्ने मन्त्री लेखकको जोड रहेको छ । मित्र राष्ट्रमा देखिएको हिमतालको जोखिमका कारण पनि नेपाललाई असर परिरहेकाले सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन जरुरी रहेको मन्त्री लेखकको भनाइ छ ।

“नीतिगत तथा कानुनी सुधार गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउने हाम्रो योजना रहेको छ, अन्य संस्थागत सुधार गर्ने तयारीसमेत गरिरहेका छौँ,” मन्त्री लेखकले भन्नुभयो ।

विपद्को समयमा उद्धारलाई अझ बढी प्रभावकारी बनाउन निजी क्षेत्रसँग पनि सहकार्य भइरहेको उहाँको भनाइ छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्ति तथा साधनस्रोतको व्यस्थापनमा आफ्नो पार्टीको समर्थन रहने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले प्राधिकरणलाई जनहितमा केन्द्रित गराउन तथा प्राधिकरणका काममा सकारात्मक सुधारका लागि आफ्नो पार्टीको समर्थन रहने उल्लेख गर्नुभयो ।

प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेशप्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विपद् विज्ञ वंशीकुमार आचार्यले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीतिगत तथा संस्थागत सुधारका क्षेत्रहरू’ विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । रासस