७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

पाकिस्तानमा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई १० वर्षको जेल सजाय

पाकिस्तानमा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई १० वर्षको जेल सजाय
अ+ अ-

एजेन्सी । सन् २०२३ मा इमरान खानको समर्थनमा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसद्मा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई बिहीबार दोषी ठहर गरिएको पूर्व प्रधानमन्त्री खानको पार्टीले जनाएको छ ।

इमरान खानको रिहाइका लागि दबावमुलक विरोधप्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी (पिटिआई)ले जारी गरेको विज्ञप्तिमा छ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

तीमध्ये प्रदर्शनमा सहभागी नै नभएका राष्ट्रिय सभाका विपक्षी नेता ओमार अयुब खान पनि रहनुभएको छ। उहाँलाई पूर्वी शहर फैसलाबादको आतङ्कवादविरोधी अदालतले हिंसा भड्काउन उक्साएको र दङ्गा भड्काउने र आगजनी गर्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

पिटिआईका अध्यक्ष गोहर अली खानले भन्नुभयो, “हामी फैसलालाई चुनौति दिँदै यसलाई माथिल्लो अदालतमा अपिल गर्न गइरहेका छौँ।” “यस्ता फैसला लोकतन्त्र र मुलुकका लागि राम्रो होइन,” उहाँले भन्नुभयो। पार्टी पदाधिकारीहरू मुद्दाको सुनुवाइका क्रममा जमानतमा छन् र उनीहरूलाई अझै जेल लगिएको छैन।

गत बर्षको मे ९ मा खानलाई राजधानी इस्लामावादबाट गिरफ्तार गरिएपछि संवेदनशील सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानलाई उहाँकै शब्दमा ‘राजनीतिबाट प्रेरित’ प्रतिशोधका आधारमा करिब दुई वर्षदेखि जेलमा राखिएको छ ।
उहाँका समर्थक र पार्टीका वरिष्ठ नेताहरूले पनि कडा दमनको सामना गर्नुपरेको छ । हजारौँलाई पक्राउ गरिएको छ र खानको नाम टेलिभिजनबाट ‘सेन्सर’ गरिएको छ।

लण्डनमा रहेका पिटिआईका प्रवक्ता सैयद जुल्फिकार बुखारीले पछिल्लो सजायको फैसला ‘प्रजातन्त्रको लागि लागि कालो दिन’ भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “विपक्षी नेताहरूलाई एकपछि अर्को गर्दै दोषी ठहर्‍याउनु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि शुभ सङ्केत होइन र यसले हाम्रो पहिलेदेखि नै कमजोर लोकतन्त्रलाई गम्भीर क्षति पुर्‍याउनेछ ।”