१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशभित्रका स्थानीय तहका ३०५ जना कर्मचारीको सरुवा (सूचीसहित)



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ३०५ जना कर्मचारीको सरुवा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार प्रदेशभित्रका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ जना कर्मचारीको सरुवा गरेको हो ।

स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन-२०८१ लाई संशोधन गर्न बनेको ऐन जारी भएसँगै प्रदेश सरकारले कर्मचारी सरुवा गर्न पाउने भएको थियो । यसअघि ऐन नहुदा प्रदेश सरकारले स्थानीय तहका कर्मचारीको सरुवा गर्न सकेको थिएन ।

सार्वजनिक गरिएको सूचीअनुसार सरुवा हुनेमा अधिकांश सहायक स्तरका चौथो र पाँचौं तहका कर्मचारीहरू छन् । सूचीमा प्रशासन सहायक, सब–इन्जिनियर, अनमी, सीअहेब, प्राविधिक सहायक (कृषिरशिक्षा), र लेखा सहायक जस्ता पदका कर्मचारीको संख्या ठूलो छ भने प्रशासकीय अधिकृत, इन्जिनियर र शाखा अधिकृत जस्ता अधिकृतस्तरका कर्मचारीहरूलाई पनि सरुवा गरिएको छ ।

सरुवा गरिएका कर्मचारीहरुको सूची यस्तो छः

स्थानीय तहका कर्मचारीहरुको सरुवा विवरण