२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

हृदयन्द्रले बुझ्न खोजेको जुम्ला-फोटो फिचर

हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?

हृदयन्द्रले बुझ्न खोजेको जुम्ला-फोटो फिचर
अ अ+ अ-

काठमाडौं । जेठ २४ गते पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयन्द्र सहित जुम्ला पुग्नु भयो ।

सामाजिक कार्यमा क्रियाशिल हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह छोरा हृदयन्द्रलाइ लिएर जुम्ला जानु भएको थियो । पहिलो पटक जुम्ला पुगेका हृदयन्द्रले जुम्ला डायरी एउटा भ्लग मार्फत सार्बजनिक गरेका छन् ।

साउन १४ गते २२ बर्ष पुरा गरी २३ बर्षमा प्रवेश गरेको अबसर पारेर सार्बजनिक गरिएको ‘माई ट्रिप टु जुम्ला’ भ्लगमा जुम्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र स्थानीय जनजीवनलाई नजिकबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । जुम्लामा शाहले विभिन्न ठाउँको अवलोकन गर्नुका साथै प्रख्यात तिला नदीमा कर्णाली प्राविधिक शिक्षालय र सिंजा उपत्यकामा रहेको डुन्डुल चैत्यमा लामै समय बिताएका थिए ।

त्यससँगै, सो क्षेत्रमा भेटेका स्थानीयहरुसँग खुलेर कुराकानी गरेका थिए । कुराकानीका सन्दर्भमा केही जिज्ञासा उनले राखेका थिए भने केही जिज्ञासा स्थानीयवासीहरुको थियो । डुडल चैत्यमा भेट भएकी पन्चकली बुढाले हृदयन्द्र शाहलाई सोधिन् – हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?

१५ मिनेट लामो भिडियोमा विशेषत: जुम्लाको प्राकृतिक सौन्दर्यता, भौगोलिक अवस्था, रहनसहन, जनजीवन र पर्यटकीय गन्तव्यहरुको बारेमा वर्णन गरिएको छ । सँगै, भिडियोको अन्त्यमा जुम्लाको सौन्दर्यता देखेर आश्चर्य लागेको र पुन: घुम्न आउने उनले बताएका छन् ।

जुम्ला बजारमा घुम्ने क्रममा हृदयन्द्र एउटा कफी पसल ‘ब्ल्याक स्टोन बेकरी’ मा पस्छन्। त्यहाँ उनले काठमाडौं छाडेर ८ वर्षदेखि जुम्लामा बेकरी चलाइरहेका एक युवा उद्यमीसँग कुराकानी गरेका छन् ।

जुम्ला भ्रमणका क्रममा नै हृदयन्द्रलाई डुडल चैत्यमा भेट हुनुभएकी पन्चकली बुढासंग खुलेर सम्बाद गरेका छन् ।

उनीहरुबीचको संवाद यस्तो छ:

युवती : नमस्कार, हजुरलाई जुम्लामा स्वागत छ ।

हृदयन्द्रः धन्यवाद । तपाईंको नाम ?

युवतीः पञ्चकली बुढा । अनि हजुरको नाम ?

हृदयन्द्रः हृदयन्द्र वीरविक्रम शाह ।

पञ्चकलीः नाम चै. सुनेको हो । एकदमै खुशी लाग्यो, हजुरसँग भेट्न पाएँ । आजै आउनुभएको हो ?

हृदयन्द्र :आजै आएको हो ।

पञ्चकली : प्लेनमा आउनुभएको हो ?

हृदयन्द्र : हो

पञ्चकली : प्लेनमा हल्लाएन र ?

हृदयन्द्रः एकदम हल्लायो । अलि लास्टतिर । अलि टर्न भएपछि हल्लाउँदो रहेछ ।

पञ्चकलीले माथि डाँडाबाट कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान, काञ्जिरोवा हिमाल लगायत विभिन्न स्थानहरु देखाइन् । अनि उनले हृदयन्द्रलाई अनायास

प्रस्ताव गरिन् : म हजुरलाई थोरै गीत गाएर सुनाउन सक्छु ?

हृदयन्द्रः गर्नु न

पञ्चकलीले सोधिन्– कस्तो लाग्यो ? बुझ्नुभयो र ?

हृदयन्द्रः निकै मिठो, तपाईंले आफैं लेख्नुभएको हो र ?

पञ्चकलीः शब्द आफैं लेखेको लय चै. होइन ।

हृदयन्द्र : राम्रो गाउनुहुँदो रहेछ ।

पञ्चकलीः हजुरसँग भेट हुँदा गाउन मन लाग्यो ।

पञ्चकली: हाम्रो नेपाल कहिले समृद्ध हुन्छ होला ?

हृदयन्द्रः मान्छेहरु सबैले राम्रो काम गरे भने, सबै कुरा राम्रो भयो भने हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्यो । आँट गर्नुपर्यो । अनि हुन्छ होला ।

पञ्चकलीः हजुर नेपालमै बस्नुहुन्छ कि ?

हृदयन्द्र : म फिर्ता आउँछु, ब्याचलर मात्रै सक्काउन गएको हो ।

छुट्टिनुअघि पञ्चकलीले हृदयन्द्रसँग सेल्फी खिचिन् । दुवैले एकअर्कालाई अभिवादन गरेर विदा भए ।

फोटो -पदम तिमिल्सिना