७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

कम्युनिस्ट मन्त्रीहरुलाई सहायक प्रवक्ता नबन्न कांग्रेसको आग्रह

कम्युनिस्ट मन्त्रीहरुलाई सहायक प्रवक्ता नबन्न कांग्रेसको आग्रह
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसको सहायक प्रवक्ता जस्तोगरी अभिव्यक्ति नदिन कांग्रेसले आग्रह गरेको छ । 

नेपाली कांग्रेसको कारण संविधान सांशोधनको कार्यसूचि हटाइएको अभिव्यक्ति सत्तारुढ दलका नेताहरुले दिएपछि कांग्रेसले सहायक प्रवक्ता बन्ने प्रयास नगर्न आग्रह गरेको हो ।

सरकारका केही मन्त्री तथा मुख्यमन्त्रीले बुधबार कांग्रेसको कारण नेपालको नक्सा सच्याउने विषयमा तय भएको संविधान संशोधनको कार्यसूचि हटाइएको बताएका थिए । सोही विषयमा कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी खण्डन गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले कम्युनिस्ट मन्त्रीहरु कांग्रेसको सहायक प्रवक्ता भएजस्तो गरी अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउनुभयो ।

उहाँले कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत धारणा बनाई अगाडि बढने बताएपनि संविधानको संशोधनको प्रक्रिया अगाडि बढाउन समय नमागेको स्पस्ट पानुभयो ।

उहाँले भन्नुभयो ‘संसदमा सुरु भएको प्रक्रियालाई अवरुद्ध गरिनुपर्छ भन्ने हाम्रो कुनै माग, हाम्रो कुनै अपेक्षा विलकुलै थिएन ।

संसदमा कार्यसूचिबाट त्यसलाई हटाइनुपर्छ भन्ने नेपाली कांग्रेसको अभिव्यक्ति थियो आग्रह थियो भन्ने ढंगले सरकारका कतिपय मन्त्रीले र सत्तारुढ दल निकट रहेका एकजना मुख्यमन्त्रीले भन्नुभएको विषयलाई हामीले गम्भिरता पूर्वक लिएका छौं ।

नेपाली कांग्रेसको तर्फबाट म आज स्वदेश र विदेशमा हेरिरहनु भएका सबै दिदिबहिनी दाजुभाईलाई सञ्चार माध्यममार्फत सामाजिक सञ्जाल मार्फत स्पस्ट गर्न चाहन्छु नेपाली कांग्रेसको धारणालाई व्यक्तगर्नलाई, व्याख्या गर्नलाई कांग्रेस पार्टीले कम्युनिष्ट पार्टीका कुनै मन्त्रीलाई या कुनै मुख्यमन्त्रीलाई पार्टीको सहायक प्रवक्ता नियुक्त गरेको छैन् ।’

सरकारले जारी गरेको नक्सालाई सबैको स्वामित्व अनुभुती हुनेगरी संसदबाट पारित गराउन साझा सहमतिको वातावरण निर्माण गर्न प्रवक्ता शर्माले सरकारलाई आग्रह समेत गर्नुभयो ।

कांग्रेसले अभिव्यक्तिमा उग्रता भन्दा पनि पहलकदमीमा तिब्रताको पक्षमा रहेको र संसदबाट पारित गराउन सबै दलहरुबीच साझा दृष्टिकोण बनाउन कांग्रेस नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।

उहाँले संविधान संशोधनका विषयमा संस्थागत धारणा बनाउन केन्द्रीय समितिको बैठक जेठ १७ गते शनिबार बस्ने समेत बताउनुभयो ।

कांग्रेसले नक्साको विषयमा संविधान संशोधन गर्न सार्वजनिक रुपमा नै जवाफ दिइसकेको उहाँले बताउनुभयो । सर्वदलिय बैठकमा सहभागि भएर कांग्रेसले कार्यसमितिको बैठकबाट संस्थागत निर्णय गर्ने बताएको तर समय नमागेको उहाँले स्पस्ट पार्नुभयो ।