२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना गीतहरू बल्ल प्रयोग गर्न पाउने भएँः गायक अनिल सिंह



अ+ अ-

काठमाडौँ । गायक अनिल सिंहले आफ्ना पुराना एवम् लोकप्रिय गीतसङ्गीतलाई नयाँ स्वरूपमा ल्याउने बताउनुभएको छ ।

आफैँले सिर्जना गरेको गीतहरूमा श्रव्यदृश्य उत्पादन गरिएका कम्पनिमार्फत ‘कपीराइट’ लगाइएपछि त्यसविरुद्ध चर्को आवाज उठाइ सङ्घर्ष गरिरहनुभएका गायक सिंहले हालै ‘म्युजिक डटकम’सँग आफ्ना गीतको ‘कपीराइट’ र ‘रोयल्टी’ का विषयमा सम्झौता गर्नुभएको छ ।

उक्त सम्झौतापछि उहाँले आफ्ना गीतहरूको ‘अडियो’ आफूले चाहेको अवस्थामा प्रयोग गर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएकोे थिएँ, तर अहिले म आफैँले ती गीत प्रयोग गर्न नपाएपछि आवाज उठाएको हुँ । यसमा पहिलो सफलता प्राप्त भएको छ, हाम्रो सङ्घर्ष अझैँ जारी छ ।”

सम्झौता अगाडि उहाँले आफैँ गीत गाउँदा आफ्ना ‘फेसबुक, इन्स्टाग्राम र युट्यूव’ च्यानललगायतका सामाजिक सञ्जालमा ‘कपीराइट हानेर उडाइदिए’को बताउनुभयो । एउटा सर्जकले तयार गरेको सिर्जनालाई प्रयोग गर्न नपाउँदा आफूले विभिन्न समस्या झेलेको उहाँले बताउनुभयो ।

“यो मेरो सफलता होइन, अब उप्रान्त अन्य सङ्गीतकर्मीले पनि मैले जस्तै सम्झौता गर्दै आफ्नो सिर्जनालाई निर्वाध रूपमा प्रयोग गर्न पाउनुहुनेछ । अन्य केही सङ्गीत उत्पादक कम्पनिसँग हाम्रो सङ्घर्ष भने जारी नै छ । सफलताको एउटा खुड्किलो पार गरेको छु, आफ्नो अधिकारका लागि सङघर्ष छाड्दिन,”उहाँले भन्नुभयो ।

गायक सिंहले अब पुराना गीतलाई नयाँ श्रव्यदृश्य वा स्वरूपमा ल्याउने समेत बताउनुभयो । उहाँका अनुसार अब ‘म्युजिक डटकम’सँग रहेका श्रव्यदृश्यको ‘रोयल्टी’ पनि उहाँले पाउनुहुनेछ । म्युजिक डटकम र गायक सिंहबीच म्युजिक नेपालबाट प्राप्त ‘रोयल्टी’ आधाआधा बाँड्ने सम्झौता भएको छ ।

आफ्ना गीतसङ््गीत आफैँले प्रयोग गर्न पाउने अधिकारका लागि सङ्घर्ष जारी राखेता पनि साङ्गीतिक कार्यक्रममा उपस्थिति बढाउने गायक सिंहले स्प्ष्ट गर्नुभयो । उहाँले गाउनुभएको ‘इन्जिन गाडीमा’, ‘आइ लभ यू’, ‘प्रेम पत्र’, ‘घिन्ताङ’, ‘विल यु म्यारी मी’जस्ता गीतहरू लोकप्रिय छन् ।