७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

कम्बोडियाद्वारा थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिकहरू फिर्ता गर्न आग्रह

कम्बोडियाद्वारा थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिकहरू फिर्ता गर्न आग्रह
In this photo released by the Royal Thai Army, Thai soldiers inspect a border area on Sunday, July 20, 2025, in Ubon Ratchathani province, where the Royal Thai Army said two anti-personnel landmines were found. (Royal Thai Army via AP)
अ+ अ-

एजेन्सी । कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको थियो ।

पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले तिनीहरूको आठ सय किलोमिटर (पाँच सय माइल) सीमामा खुला युद्धमा परिणत भएको थियो ।

बुधबार दुवै पक्षले युद्धविराम उल्लङ्घनको आरोप लगाएपछि राति ७ः०० बजे (०००० जिएमटी) सम्म हिंसाको कुनै रिपोर्ट नभएको बैङ्ककले जनाएको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले बिहीबार २० जना सैनिकको रिहाइका लागि वार्ता भइरहेको बताउनुभयो ।

“हाम्रा सबै सैनिकहरूलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो घर फिर्ता ल्याउनका लागि थाई पक्षसँग वार्ता जारी राख्न हामी सक्दो प्रयास गर्नेछौँ”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी थाई पक्षलाई सबै २० जना सैन्य कर्मचारीलाई सकेसम्म चाँडो कम्बोडिया फिर्ता पठाउन आह्वान गर्दछौँ ।”

उहाँका अनुसार युद्धविराम लागु भएको लगभग आठ घण्टापछि मङ्गलबार बिहान ७ः५० बजेतिर सेनालाई कब्जा गरिएको थियो ।

थाइल्यान्ड सरकारले बुधबार हिरासतमा लिइएका सैनिकहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र सैन्य नियमहरूअनुसार व्यवहार गरिएको र सीमा स्थिति स्थिर भएपछि फिर्ता गरिने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले दुवै छिमेकी मुलुकलाई आफ्नो युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न र विश्वास र शान्ति निर्माण गर्न द्रुत कदम चाल्न आग्रह गर्नुभयो ।

“द्वन्द्वका मूल कारणहरू समाधान गर्ने प्रयासमा कूटनीतिक प्रयासहरू जारी रहँदा यो महत्त्वपूर्ण सम्झौतालाई दुवै पक्षले सद्भावका साथ पूर्ण रूपमा सम्मान गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो । थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताका लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन् ।

जङ्गल र कृषि जमिनले घेरिएको पहाडी ग्रामीण सीमा क्षेत्रमा दुवै पक्षले जेट, रकेट र तोप आक्रमणसहित लडाइँ गर्दा करिब तीन लाख मानिसहरू आफ्नो घर छोडेर भागे ।

थाइल्यान्डले उसका १५ सैनिक र १५ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैन्य मृत्युको पुष्टि गरेको छ ।

मृत्यु सङ्ख्या सीमामा अन्तिम ठूलो हिंसाको तुलनामा उल्लेखनीय रूपमा बढी छ । यसअघि सन् २००८ देखि २०११ सम्म छिटपुट लडाइँमा २८ जनाको मृत्यु भएको थियो ।