७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

विपद् पूर्वकार्य कार्यढाँचा बनाउदै प्राधिकरण, अन्तर्राष्ट्रिय मोडलहरुमा छलफल शुरु

विपद् पूर्वकार्य कार्यढाँचा बनाउदै प्राधिकरण, अन्तर्राष्ट्रिय मोडलहरुमा छलफल शुरु
अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रभावमा आधारित ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउने कार्य शुरु गरेको छ ।

प्राधिकरण विपद् व्यवस्थापनमा काम गरिरहेका संघसंस्था समेतको सहभागीतामा कार्यढाँचा बनाउने कार्यमा जुटेको हो । विहीवार विपद् पूर्वकार्यढाँचा निर्माण सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सरोकारवालाहरुको सल्लाह सुझावसहित आएको ‘पूर्वकार्य कार्याढाँचा’ माथि थप छलफल गरेर अन्तिम रुप दिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘विपद्लाई दैवीक प्रकोप ऐनबाट हेरिरेको अवस्थाबाट अहिले हामी विपद् व्यवस्थापन न्युनिकरण तथा व्यवस्थापन ऐनबाट विपद् व्यवस्थापन काम गरिरहेका छौँ । घटना हुन नदिनका लागि कसरी काम गर्नुपर्छ भन्ने ढंगले विभिन्न तहमा काम भईरहेका छन् । भूईंचालोले विपद् व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने पाठ सिकायो । ऐन आउने समयमा संसदमा ८ वटा दल थिए जो झगडा मात्रै गर्दथे । उनीहरुलाई एक ठाउँमा ल्याएर विपद् व्यवस्थापन सरकारको पहिलो दायित्व रहने भनेर ऐनमा नै राख्ने अवस्था श्रृजना गर्यो । विपद् व्यवस्थापन ऐनमा स्थानीय सरकारलाई एकल र संघ र प्रदेश सरकारलाई पनि जिम्मेवारीबाट भाग्न नसक्ने अवस्थामा राखिएको छ । अहिले पनि विपद् भन्ने वित्तिकै बाढी मात्रै भन्ने बुझाई छ । मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा भयो । युएनको एउटा संस्थालाई भन्दा उहाँहरुले बाढीको लागि छ सुखाका लागि छैन भन्नुभयो । बाढीका लािग राखिएको रकम सुख्खामा खर्च गर्न मिल्दैन भन्ने आयो । एउटा विपद्लाई हेरेर कार्यविधि बनाउँदा अरु विपद्लाई हेर्न नमिल्ने  अवस्था छ । हामीले यस्ता कार्यविधिलाई सुधार गर्नुपर्छ । विपद्का घटनाहरु बढ्दै गएका छन् । एउटा गाउँलाई दिने अर्को लाई नदिने भन्ने अवस्था पनि छन् । त्यसैले जुनसुकु अवस्थामा पनि काम गर्ने ऐन नियमको व्यवस्था हुनुप¥यो । यो कार्यशालाले विपद् प्रतिको बुझाईमा एकरुपता ल्याउनेछ भन्ने विश्वास लिएको छु ।’

प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सबैका लागि पूर्वसूचना प्रणालीअन्तर्गत पुनःस्थापना सम्मको काम गर्दै आएको भएपनि रियाक्टिभ एप्रोजका कामले क्षति न्युनिकरण हुन नसकेका कारण विपद्मा काम गर्ने सबैका लािग साझा कार्यढाँचा बनाउन लागिएको स्पष्ट पार्नुभयो । वपद् व्यवस्थापनका लागि चुनौति भएका स्थानहरुमा ए अप्रोजमा काम गर्न आवश्यक रहेकाले एकरुपताका लागि पूर्वकार्य कार्यढाँचा आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ विपद् पूर्वकार्य कार्यढाँचा’ मा प्रभावमा आधारित पूर्वसूचना प्रणाली सक्रिय बनाउनुपर्ने हुन्छ त्यसमा जान सकिएन भने सही व्यवस्थापन गर्न सकिँदैन । प्रक्रियागत रुपमा अघि बढेपछि ‘ विपद् पूर्वकार्य कार्यढाँचा’को सबै तहका सरकारमा व्यापकता बढाउनेतर्फ प्राधिकरण जानेछ ।’

कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यशाला मार्फत विपद् पुर्वानुमान पछि गरिने विपद् पूर्वकार्यमा एकरुपता ल्याउनका लािग प्राधिकरणले कार्यढाँचा बनाउन लागेको हो । अहिले पनि स्थानीय सरकार र सरोकारवालाहरुले विपद्को पूर्वसूचना आउने वित्तिकै माइकिङ गरे सर्वसाधरणलाई जानकारी गराउने, डुबानमा पर्नसक्ने जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने लगायत काम भईरहेको भएपनि स्पष्ट कार्यढाँचा नभएकाले विपद् पूर्वकार्य प्रभावकारी बन्न नसकेको अवस्थामा प्राधिकरणले साझा कार्यढाँचा बनाउन लागेको हो । तीन दिनसम्म विभिन्न ९ वटा मोडलमाथि छलफल गरी आवश्वयकताका आधारमा कार्यहरुलाई थपघट गरी नेपालका लागि उपयुक्त कार्यढाँचा बनाइने बताईएको छ । कार्यढाँचामा विपद् सर्तकता, खतरा, खतरामाथि के गर्ने भन्ने लगायत अवस्थामा गर्ने कार्य तय गरिनेछ । विभिन्न विपद्बाट हुने मानवीय क्षति र भौतिक क्षति न्युनिकरण गर्ने उद्देश्य साथ विपद् पूर्वानुमान पछिको पूर्वतयारीको कार्यढाँचा बनाउन लागिएको हो ।

नेपालमा २००७ देखि नै एन्टिसिपेटरी एक्शनका कामहरु हँुदै आएको छ । सन् २०२१ पछि प्रभावमा आधारित पूर्वसूचना प्रणालाी लगायतमा काम भएको पाइन्छ ।