काठमाडौं । सत्तारुढ प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबिच बालुवाटारमा भेटघाट भएको छ ।
मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न नेताहरु बालुवाटारमा भेला भएका हुन् ।
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।









