२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गर्नुभएको छ । उहाँले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिनुभएको छ ।

स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मङ्गलबारदेखि दस दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्नेछ ।

ट्रम्पले रुस र युक्रेनबीचको द्वन्द्व छिटै अन्त्य गर्नुपर्ने विषयमा जोड दिँदै समयसीमा ५० बाट घटाएर १० बनाएको उल्लेख गर्नुभएको हो ।

यद्दपी उहाँले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट कुनै प्रतिक्रिया नपाएको उल्लेख गर्नु भएको छ ।

उहाँले यदि थपिएको समय सिमा भित्र कुनै प्रगति नभए अमेरिकाले मस्कोमा थप शुल्क र दण्डात्मक उपायहरू अबलम्बन गर्ने बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिकाले अवरोधलाई कम गर्न र विश्वव्यापी ऊर्जा बजारमा सम्भावित असरलाई सम्बोधन गर्न घरेलु तेल उत्पादन बढाउने ट्रम्पले बताउनुभएको छ ।

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । किएभले भने द्वन्द्व अन्त्य गर्ने सर्तको रूपमा पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने महत्वाकाङ्क्षा त्याग्ने मागलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भनि दृढतापूर्वक अस्वीकार गरेको छ ।