४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द



अ+ अ-

जनकपुर । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो ।

नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टाइनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

सहायक प्रजिअ पोखेरलले संघीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पारे । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् ।