१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा संसदीय दलको बैठक रुपन्देहीमा जारी



अ+ अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक को रुपन्देहीमा जारी छ ।

गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा रास्वपा संसदीय दलको बैठक बसिरहेको हो ।

यसअघि रास्वपाका सांसद तथा नेताहरुले बिहान जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेका थिए ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु सहभागी हुने उनले बताए । रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको सचेतक परियारले जानकारी दिए ।

बैठकका लागि भनेर मंगलबार भैरहवा पुगेका रास्वपा नेता र सांसदहरु आज–भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहने परियारले बताए ।