५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा



अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिनुभएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गर्नुभयो । उहाँले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताउनु भयो । व्यापारी, उद्योगीहरु मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ । व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो । यति गाली पाउनुभयो उहाँहरुले, सारा व्यपारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो । हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन । व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो । केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि । सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि । आफू गर्नुप¥यो नि । आफू केही नगर्ने अनि हामीलाई दोष दिने ? काम गर्नुप¥यो, मेहनत गर्नुप¥यो । बिना मेहनत हुँदैन व्यापार होस् चाहे उद्योग होस् ।’

सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताउनु भयो । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि बताउनु भयो ।