८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

संरक्षण नहुँदा भोजपुरको ‘टेम्केसिद्ध मन्दिर’ जीर्ण

संरक्षण नहुँदा भोजपुरको ‘टेम्केसिद्ध मन्दिर’ जीर्ण
अ+ अ-

भोजपुर । यहाँको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।

मन्दिर संरक्षण नहुँदा यहाँका संरचना भत्किन थालेका छन् भने मन्दिर परिसरमा पशुचौपाया पसेर फोहर गर्ने गरेका छन् । यहाँ रहेको मन्दिरमा सल्लाको काठलाई फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई घेराबारा गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

प्राकृतिक सौन्दर्यता नियाल्न साथै मन्दिरमा दर्शनका लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडा क्षेत्रमा गोठपालन गर्दै आउनुभएका गणेश विष्टले बताउनुभयो । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकाले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । मन्दिर संरक्षण अभावमा जीर्ण बनेको उहाँको भनाइ छ ।

“टेम्केसिद्ध मन्दिर संरक्षण नहुँदा जीर्ण बनेको छ”, विष्टले भन्नुभयो, “मन्दिर लथालिङ्ग हुँदा मन्दिरमा पशुचौपाया पस्ने गरेका छन् । खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेकोजस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिर संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”

यो स्थानलाई जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्नसके प्राकृतिकप्रेमीहरूका लागि यो उत्तम गन्तव्य बन्ने जानकारहरु बताउँछन् । मानिसहरूको धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको उक्त मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरन क्षेत्र भएकाले गाईवस्तुभित्र पसेर बस्दा मन्दिर फोहर बनेको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने टेम्कमैयुङ–५ मझौलका स्थानीय शिवकुमार विष्टले बताउनुभयो । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्तको प्रष्ट दृश्य पनि देख्न सकिन्छ ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ पनि छ । भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यो मन्दिरको दर्शन गरेमा दु:खकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्ने गरेको छ । मानिसहरू आ–आफ्ना कूल, पितृको सम्झनामा सदबिज छर्नका लागि पुग्ने गरेका छन् ।

यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट पनि मानिसहरू आउने गरेका छन् । खास गरेर यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यावलोकन गर्न मानिसहरू पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमा पनि दर्शन तथा पञ्चबलि गर्नका लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउने गरेका छन् ।