२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’



अ+ अ-

काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण व्यवसायीले त्यहाँ पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन् ।

आज त्यहाँ पुगेको सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको टोलीलाई प्यारापिट र फ्लडलाइटसहितको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम एक महिनामा सकिने जानकारी दिइएको हो ।

समितिका सभापति ठाकुर गैरे नेतृत्वको टोलीलाई सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल तथा मन्त्रालयका तर्फबाट निर्माणको प्रत्यक्ष अनुगमन गरिरहेका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीले कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।

जानकारीअनुसार पहिलो चरणका प्याराफिट र फ्लडलाइटसमेत गरी दुवैतर्फ करिब ८० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिइएको थियो । “पहिलो चरणको निर्माण सकिएपछि १० हजार र दोस्रो चरणमा २५ हजार दर्शक अटने गरी सिट क्षमता विस्तार गरिने छ ।

सिट ढलानतर्फ पहिलो चरणमा गर्नुपर्ने १२ मध्ये १० वटा ब्लकको ढलान भइसकेको छ । ढलान सम्पन्न भएका ठाउँमा सिटहरू जडान गरिएको र अन्तिम चरणका एक हजार ७०० सिट भारतबाट आउँदै छन्”, सचिव सिग्देलले भन्नुभयो ।

रङ्गशालमा रातिसमेत खेल सञ्चालन गर्ने उद्देश्यले जडान हुन लागेका छ वटा फ्लडलाइटका लागि जमिनमुनि गर्नुपर्ने सबै कार्य सम्पन्न भएको र भारतबाट तीन वटा स्ट्याण्ड ल्याइसकिएको उहाँले बताउनुभयो ।

त्यसमा जडान हुने ४२० वटा बत्ती युरोपबाट ल्याइँदै गरेको पनि जानकारी गराइएको थियो । रङ्गशाला निर्माणका लागि पहिलो र दोस्रो चरण गरी कुल रु छ अर्ब लागत अनुमान गरिएको छ ।

प्रथम चरणलाई सम्पन्न गरेर नेसनल प्रिमियर लिगको दोस्रो संस्करण त्रिवि क्रिकेट मैदानमै खेलाउने लक्ष्य राखिएको छ । संसदीय टोलीलाई जमिनको स्वामित्व रहेको त्रिभुवन विश्वविद्यालयका चासोलाई सम्बोधन गर्नुपर्ने विषयमा जानकारी दिइएएको थियो । “लिजमा जमिन लिई क्रिकेट मैदान सञ्चालन गर्न क्यान र विश्वविद्यालयबीच भएको सम्झौता आगामी वैशाखमा सकिने भएकाले त्रिविका चासो सम्बोधन गर्दै छलफल गराउनुपर्ने जानकारी पनि दिएका छौँ”, मन्त्रालयका सचिव सिग्देलले भन्नुभयो ।

संसदीय टोलीलाई खेलकुद मन्त्रालयका पदाधिकारीका साथै क्यानका सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो । अनुगमन टोलीमा सभापति गैरेका साथै समिति सदस्यहरू तुलसाकुमारी दाहाल, दीलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमिलसेना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, लासप्रसाद साँवा लिम्बू, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा तथा हितराज पाण्डे हुनुहुन्थ्यो ।

अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समिति सभापति गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबहालीकै दिन उद्घोष भएअनुसार काम भइरहेको बताउनुभयो । रङ्गशालाबारे देशभर चासो रहेकाले आफूले त्यहाँ भइरहेको कार्यप्रगतिबारेजानकाी लिएको र प्रतिकूल मौसमका बाबजुद निर्माण कार्य एक महिनाभित्र सम्पन्न हुने दिशातर्फ अघि बढिरहेको पाइएको जानकारी दिनुभयो ।

क्यान सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानले धेरै खेलप्रेमीको सपना बोकेको बताउँदै दोस्रो चरणको एनपिएल त्रिवि मैदानमा फ्लडलाइटमा खेल्ने लक्ष्य पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो । साथै देशका विभिन्न स्थानमा सिन क्रिकेट मैदानका लागि कार्य सुरु भएको खड्काको भनाइ थियो । रासस




भर्खरै