५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुको नाम खुलेको छ ।

एक वर्षिय बालकदेखि ५२ वर्षियसम्मका सदस्यहरु बेपत्ता भएका हुन् ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएको बताइएको छ ।

प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखाएको बताइन्छ ।

प्रहरीले उनीहरूको नाता, सम्बन्ध भएको सबै ठाउँमा खोजी कार्य गरिरहेको छ ।

उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सामा १–२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षति नभएको प्रहरी बताउँछ ।

स्थानीयका अनुसार घरमा रहेका पशुचौपाया सुरक्षित नै रहेका छन् ।