२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग

माओवादी र समाजवादी सरकारका गलत क्रियाकलापविरुद्ध संसदमा खरो रुपमा प्रश्तुत हुने

माओवादी र समाजवादी सरकारका गलत क्रियाकलापविरुद्ध संसदमा खरो रुपमा प्रश्तुत हुने
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सरकारका गलत क्रियाकलापविरुद्ध संसदका बैठकहरुमा खरो रुपमा प्रश्तुत हुने भएका छन् ।

सोमवार सिंहदरबारमा भएको दुई दलका नेताहरुको भेटघाटले यस्तो निर्णय गरेको हो । भेटमा नेकपा (माओवादी केन्द्र)का  उपध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागि हुनुहुन्थ्यो । मंगलवार बस्ने समाजवादी मोर्चाको बैठकलाई उपलब्धिमुलक र प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे दुई पार्टीका नेताहरुबीच छलफल भएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिनुभयो । संसदमा विचाराधीन रहेका विधेयकहरू, विशेषगरी शिक्षासम्बन्धी विधेयक र संघीय निजामति विधेयकमाथि भएको षड्यन्त्रबारे समेत गम्भीर छलफल भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोलि समाजवादी मोर्चाको बैठक छ । मोर्चाको बैठकलाई कसरी उपब्लब्धीमुलक बनाउने ? सफल बनाउने भन्ने मुख्य विषयमा आज हामीले छलफल गर्यौं । त्यसपछि अहिले संसदमा विभिन्न विचाराधिन विधेयकहरु छन् । शिक्षासम्बन्धी विधेयक अड्काएर राखिएको छ । संघीय निजामति विधेयकमा षड्यन्त्र भएको छ । राष्ट्रिय सभाबाट पनि विधेयकलाई उल्ट्याउने प्रयास गरिएको छ । संसदमा खेल्नुपर्ने भूमिकाको विषय पनि छ । यी विषयमा दुवै पार्टीका माननीय सदस्यहरुले संसदको दुवै सदनमा सशक्त तरिकाले भूमिका कसरी खेल्ने भन्ने विषयमा छलफल भयो । त्यसमध्येपनि सरकारका गलत प्रवृत्तिहरुविरुद्ध संसदमा कसरी प्रश्तुत हुने भन्ने विषयमा आज छलफल भयो ।’

सरकारका नीतिगत कमजोरीहरू र गलत प्रवृत्तिका विरुद्ध खरो रुपमा प्रश्तुत हुन दुवै दलका नेताहरु सकारात्मक भएको ज्वालाको भनाइ छ ।