२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग

मुख्यमन्त्री पाण्डेको चीन भ्रमण: व्यापार र पर्यटनमा सहकार्यको प्रस्ताव

मुख्यमन्त्री पाण्डेको चीन भ्रमण: व्यापार र पर्यटनमा सहकार्यको प्रस्ताव
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छिमेकी मुलुक चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेशका अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पाण्डेले त्यहाँ रहँदा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव वाङ जुनझेङसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटका क्रममा उहाँले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्धनका लागि सहकार्यको प्रस्ताव गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो ।

तिब्बत नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका सहरहरुबाट काठमाडौँ र पोखरामा सीधा हवाई उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबीच लगानी र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभएको थियो ।

नेपाली र चिनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिसा र प्रवेशपास उपलब्धतामा सहजीकरण र सहकार्य गर्नेलगायतका विषयमा महासचिव जुनझेङ र मुख्यमन्त्री पाण्डेबीच कुराकानी भएको प्रेस संयोजक सापकोटाले बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले तिब्बत सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग, चीन सरकारको अनुदान र सहयोगमा निर्माण भएका पूर्वाधार, पर्यटन प्रवर्द्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

‘सिपिसी’का महासचिव जुनझेङले कोरला नाकालाई व्यवस्थित गर्ने सन्दर्भमा गण्डकी सरकारले गरिरहेको प्रयासबारे आफू जानकार रहेको बताउँदै त्यसले दुई देशबीचको सहकार्यको अवसर सिर्जना गर्ने र यसबारे तिब्बत सरकार सकारात्मक रहेको बताउनुभएको थियो । दुई देशबीच पर्यटन, कृषि, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा तिब्बत सरकार तयार रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेसँग ‘सिपिसी’का लिन्जी नगर समितिका सचिव र सो नगरका प्रमुखसँग पनि भेट गर्नुभएको थियो ।