२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग

‘लालपुर्जा बाँढ्छु’ भन्ने चुनावी एजेण्डा बनाउने तरिकाले भूमि विधेयक ल्याइयोः सांसद श्रेष्ठ

‘लालपुर्जा बाँढ्छु’ भन्ने चुनावी एजेण्डा बनाउने तरिकाले भूमि विधेयक ल्याइयोः सांसद श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले भूमिसम्बन्धी विधेयकलाई चुनावी एजेण्डाको रुपमा अघि सारको टिप्पणी गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले चुनावको समय लालपूर्जा बाँढ्ने तरिकाले भूमि विधेयक ल्याइएको टिप्पणी गर्नुभयो । भूमि उपयोगको आधुनिक तथा बहुआयामिक विषयलाई विधेयकले आत्मसाथ नगरेको उहाँको भनाइ छ । उहाँले विधेयक व्यवहारिक, समावेशी र वर्तमान आवश्यकताअनुसार अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भूमिलाई सुरक्षित आवास, उत्पादनशील उपयोग र क्षेत्रीय सन्तुलनसँग जोडेर हेर्नुपर्ने बताउँदै लालपुर्जाको आधारमा मात्र स्वामित्व मानिने प्रचलनलाई तोड्ने गरी विधेयक ल्याउनुपर्ने पनि बताउनु भयो । विधेयकले ठूलो उद्योग र अर्बौ रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई मात्र सम्बोधन गर्ने गरी आएको भन्दै समावेशी र सन्तुलित बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलेको भुमिको प्रयोग र अहिलेको तुलनामा निकै फरक परिकेको छ । त्यो परिवर्तित अवस्थालाई हामीले आत्मसाथ नगर्ने हो भने फेरि पनि निर्वाचनमा लालपुर्जा बाँढ्छु भन्नेबाहेक अर्को चुनावी एजेण्डा हुँदैन । सैद्धान्तिक रुपमा भूमिको प्रयोगबाट जाऔँ । भूमिलाई  सुरक्षित आवाससँग नजोड्ने हो भने रेन्टको प्रोटेक्सन एकदमै कम छ । लालपूर्जा भएको मानिस मात्र भूमिको मालिक भनेर सोच्ने कुरा एकदमै गलत हुन्छ । र भीरपाखामा भूमि हुने नागरिकलाई पनि विधेयकले बेवास्ता गर्न पाइँदैन । भूमि भनेको उत्पादनशील हो नि । यो विधेयकले समस्या कहाँ ल्याउँछ भन्दा हदबन्दीभन्दा बढी जग्गाको विषयमा हो । धेरै ठूलो कम्पनी प्रयोग गर्ने हो नि हदबन्दीभन्दा बढीको जग्गा त तर केही उद्यमीहरुले शहरी क्षेत्रमा केही गर्छु भन्यो भने त्यसको लागि त केही पनि छैन । भनेपछि सरकारले त अर्बौंको परियोजना भएकाहरुलाई सहयोग गर्ने अरुको लागि केही नहुने अवस्था आयो नि ।’

सांसद श्रेष्ठले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह गर्दै वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्न माग गर्नुभयो ।