५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताउनु भयो । उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि सरकार अघि बढेको पनि उल्लेख गर्नुभयो । सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी अघि बढिरहेको पनि बताउनु भयो । उहाँले नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरु विदेशिएको परिस्थितिको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई अत्यन्तै प्रभावकारी ढंगबाट अघि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका आधारमा श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरु वान डोर सिस्टममा अघि लैजाने कुरामा अघि बढेका छौँ । नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले, श्रम बजारको स्थिति के छ ? नेपालमा रोजगारीको अवस्था के छ, कहाँ छन्, कस्तो छ ? श्रम बजारमा आउने जनशक्तिको योग्यता कस्तो छ ? यो बारेमा व्यापक रुपमा छलफल हुनु आवश्यक छ । रोजगारको निम्ति आवश्यकता भएको दक्ष जनशक्ति हामीले तयार गर्नुपर्छ । तयार भएको जनशक्तिसँग रोजगारलाई जोड्नुपर्छ । श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको छ । १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्नुपर्छ । नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि बढेको छ । हामीले मिनिमम रोजगारीको व्यवस्था गरेका छौँ । त्यो व्यवस्था लागू हुनैपर्छ । लागू भएन भने त्यसलाई पनि हामी अनलाइनमार्फत नै इन्फरमेसन लिएर कारबाही पनि गर्दछौँ । सूचनाको प्रविधिले सेवाको क्षेत्रमा धेरै ठूलो प्रभाव पर्दछ । ’

मन्त्री भण्डारीले सरकारले डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई प्रभावकारी ढंगबाट अघि बढाइ प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताउनु भयो ।