२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीसँग प्रमुख राजनीतिक दलका महिला सांसदहरुको आग्रह



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसादहरुले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आग्रह गर्नुभएको छ ।

प्रमुख राजनीतिक दलका सचेतकहरु सहितका महिला सांसदहरुले आज मन्त्री डा राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवं सहयोग गर्न आग्रह गर्नुभएको हो । प्रतिनिधिसभा नियमावलीमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने गरी महिलाहरुको एक समितिका रुपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसदलाई दबाब दिनका लागि उहाँहरुले सो आग्रह गर्नुभएको हो ।

सो भेट तथा अन्तत्र्रिmयामा प्रतिनिधिसभामा सचेतहरु नेपाली कांग्रेसकी सुशिला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रुपा रोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवं पूर्वमन्त्रीहरु रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराई लगायत अन्य सांसदहरु पनि हुनुुहुन्थ्यो ।

सो भेटघाट एवं अन्तक्र्रियामा मन्त्री डा राणाले विगतमा पनि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरु एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा पनि सो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा राणाले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था पनि अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद हो भन्दै महिला समन्वय समिति गठनका लागि संसदमा सबै दलका महिला सांसदहरुको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । सो समिति गठनका लागि आफूले सरकारबाट सक्दो पहल गर्ने पनि मन्त्री डा राणाले त्यस अवसरमा बताउनुभएको थियो ।