२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताउनुभएको छ ।

वीर अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्वास्थ्य क्षेत्रमा सुधार भएपनि पूर्ण रुपमा सुधार नभएको जिकिर गर्नुभयो । उहाँले आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसालाई सरकारले उपलब्ध गराइदिनुपर्ने बताउनु भयो । आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न नसकेको स्वीकार गर्नुभयो । पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न थप लगानी जरुरी रहेको बताउनु भयो । स्वास्थ्य यस्तो संवेदनशील क्षेत्रबाट राज्य पन्छिन नमिल्ने बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी छ । पूर्णतातर्फ लिएर जान जरुरी छ । स्वास्थ्य क्षेत्रमा सुधार नभएको होइन तर पूर्ण रुपमा सुधार हुन सकेको छैन । यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ । हाम्राबारेमा प्रशस्त टिकाटिप्पणी भइरहेको छ । आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसा, सरकारले त्यो सेवा उपलब्ध गराइदिनुपर्छ भन्ने मान्यता स्वभाविक छ । त्यो स्वभाविक मान्यताको आधारमा नेपालको संवैधानिक व्यवस्थाका आधारमा, हामीले बारम्बार व्यक्त गरेका प्रतिवद्धताका आधारमा हामीले आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न सकिरहेका छैनौँ । पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न हामीले थप लगानी गर्न जरुरी छ । स्वास्थ्य यस्तो संवेदनशील क्षेत्र हो त्यसबाट राज्य पन्छिन सक्दैन ।’

मन्त्री पौडेलले अस्पताल सुधारका निम्ति योजनावद्ध भएर काम गर्नुपर्ने बताउनु भयो । आवश्यक स्वास्थ्य जनशक्ति मन्त्रालयले उपलब्ध गराउने पनि प्रतिवद्धता जनाउनु भयो ।