७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा



अ+ अ-

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन ।

स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ । राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताउनुभयो । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ ।

बाबुबाजेको पालादेखि पूजा हुँदै आएको यो पोखरीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्ने प्रयास भइरहेको स्थानीय धनराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पोखरीसम्मको बाटो मर्मत गरिएको छ । साथै, भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको । अब मन्दिर निर्माण गर्ने योजना रहेको राईले बताउनुभयो । रासस