४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ ३२ गतेसम्म लकडाउन गर्ने सरकारकाे निर्णय



अ+ अ-

काठमाडौंः सरकारले लकडाउन जेठ ३२ गतेसम्म  बढाउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्व्याउने निर्णय गरेको हो ।

यसै गरी बिमानस्थलहरु पनि असार १६ गते सम्म बन्द गर्ने  निर्णय गरेको छ । चैत्र ११ गते बाट सुरु भएको लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो । 

लकडाउनको मोडालिटीका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु पनि तत्काल नखोल्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्ता डा युवराज खतिवडाका अनुसार असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन् ।

सीमा नाकाहरु पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय पनि बैठकले गरको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । शनिबार एकैदिन १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसैगरी बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ । सेना परिचालनको बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्नु अघि सुरक्षा परिषद्को बैठक समेत बसेको थियो ।