१ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निन्दा नदीमा झोलुङ्गे पुल निर्माण



अ+ अ-

झापा । यहाँको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ । पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।

उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो । रासस